SHARE
लोक पथ · शुक्रबार​ १२ भौ २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

चीनले भन्यो– ‘तालको निरन्तर निगरानीमा छौँ, ठूलो बहावको जोखिम कम हुनसक्छ’

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेपछि चिनियाँ पक्षले त्यस क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाएको छ । चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको जानकारीअनुसार तालबाट पानी निरन्तर बाहिर बगिरहेको छ । पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ ।