जिर्ण आयोजना तोड्ने तयारी, मन्त्री घिसिङले मागे सचिव र विभागीय प्रमुखसँग सूची
काठमाडौं । सरकारले जिर्ण आयोजनाको ठेक्का तोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जिर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको हो । त्यसका लागि जिर्ण आयोजनाहरुको सूचि तयार गरिने भएको छ ।
