जेनजी आन्दोलनबारे एमालेबाट पहिलो क्षमायाचना, विष्णु पौडेलले व्यक्तिगत रुपमा मागे माफी
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी आन्दोलनमा भएको घटनाप्रति माफी मागेका छन् । एमालेका अन्य नेताहरु अरुमाथि दोषारोपण गरेर आफू रक्षात्मक बन्न खोजिरहँदा पौडेलले भने क्षमायाचना गरेका हुन् । सरकारमा सामेल मात्र होइन नेतृत्व गरेको पार्टी एमालेले हालसम्म घटनाबारे कुनै आत्मालोचना नगरिरहेका बेला पौडेल भने फरक देखिएका हुन् ।
