रौतहटमा बेवारिसे अवस्थामा पुरुषको शव फेला
काठमाडौं । रौतहटमा बेवारिसे अवस्थामा शुक्रबार बिहान पुरुषको शव फेला परेको छ । जिल्लाको राजदेवी नगरपालिका–४, गडहीया घाटस्थित बागमती नदीको किनारमा पुरुषको शव फेला परेको हो । प्रहरीका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन ।
