SHARE
लोक पथ · शुक्रबार​ ३ असो २०८२ ०९:१५ AM · 1 मिनेट पढाइ

जोगिएका समानबाट हेटौँडा यातायात कार्यालयले सेवा सञ्चालन गर्ने

काठमाडौं । ‘जेनजी’ आन्दोलनको क्रममा आगजनीले ध्वस्त भएको हेटौँडा यातायात व्यवस्था कार्यालय जोगिएका सामान प्रयोग गरी सेवा सञ्चालनको तयारीमा छ। आगजनीले कार्यालयको भुइँतला र माथिल्लो तला पूर्ण रूपमा नष्ट गरिसकेको भए पनि पहिलो तला सुरक्षित रहेको छ। कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार सुरक्षित कोठामा राखिएका टेबल–कुर्सी प्रयोग गरी तत्काल सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ।