देउवालाई सन्यास लिन पत्र पठाएपछि जुम्ला कांग्रेसमा भाँडभैलो
काठमाडौं । जेनजी आन्दोलनपछि खासगरी नेपाली कांग्रेस पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्ने आवाज बाहिरै सुनिन थालेको छ । केही दिनअघि पार्टीका केन्द्रीय महामन्त्री गगन थापाले यो हालतले पार्टी अघि बढ्न नसक्ने भन्दै बरु आफू पद छाड्न तयार रहेको बताए । उनले सांकेतिक रुपमा पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्न खोजिएको भन्दै टिप्पणी भइरहेको छ ।
