रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोडभन्दा बढी सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, खोजी र पुनर्स्थापनाका लागि विभिन्न संस्था तथा कम्पनीले २७ करोड ३३ लाख रुपैयाँ सहयोग गरेका छन् । ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी पछिल्लो ६ घण्टामा १० वटा संस्था तथा कम्पनीले उक्त रकम सहयोग गरेका हुन् ।
