कांग्रेस बैठकमा महामन्त्रीद्वयले उठाए नेतृत्व परिवर्तनको कुरा, दसैँअघि नै केन्द्रीय समिति बैठक बस्ने
काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ । जेनजी आन्दोलनपछि पार्टी कार्यालय सानेपामा पहिलोपटक बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको हो । बैठकले यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ । बैठकले केन्द्रीय समिति बैठक दसैँअघि नै बोलाउने निर्णय समेत गरेको छ ।
