मोरङमा जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ
काठमाडौं । मोरङको जहदा गाउँपालिका–४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनपालथान गाउँपालिका–३ का २७ वर्षीय सुचित कुमार सिंहसहित तीन जनालाई बिहीबार राति इलाका प्रहरी कार्यालय रंगेली र पोखरीयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
