SHARE
लोक पथ · शुक्रबार​ ३ असो २०८२ ११:२७ AM · 1 मिनेट पढाइ

भाटभटेनीका कर्मचारीको रोजगारी सुरक्षित, दसैँ भत्ता पनि पाउने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई ननिकाल्ने भएको छ । कम्पनीले कर्मचारीहरूको रोजगारी सुरक्षित हुने र उनीहरूको जागिर गुम्ने अवस्था नआउने जनाएको छ । साथै दसैँमा कर्मचारीलाई भत्ता पनि उपलब्ध गराइनेछ जनाएको छ ।