पौडी खेल्न गएका बालकको डुबेर मृत्यु
काठमाडौं । खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ । बिहीबार सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुबेका थिए ।
