SHARE
लोक पथ · शुक्रबार​ ३ असो २०८२ ०१:१५ PM · 1 मिनेट पढाइ

‘महत्वपूर्ण सम्पत्तिहरु ध्वस्त बनाएपछि अब देशको विकास चाँडो हुँदैन’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छन् । शुक्रबार जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी उनले यस्तो बताएकी हुन् । उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन् ।