आज जनैपूर्णिमा पर्व मनाइँदै
काठमाडौँ : देशभर नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ तथा पोखरीमा गई स्नान गरेर गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ।
