अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको सकुशल उद्धार
काठमाडौं । विनाशकारी बाढीको उच्च जोखिमबीच अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाले उद्धार गरेको छ । रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बु्धबारदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो ।
