SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

इप्पानसहित सम्बद्ध जलविद्युत कम्पनीले सरकारलाई ५ करोड भन्दा बढी आर्थिक सहयोग गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इप्पान सम्बद्ध जलविद्युत कम्पनीहरुले सरकारलाई ५ करोड बढी आर्थिक सहयोग गर्ने भएका छन् । रसुवागढी बाढीपछि बसेको इप्पानको आकस्मिक बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।