SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

गोसाईंकुण्डमा रहेकाहरूलाई सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह : समुन्द्रटार हुँदै काठमाडौं फर्कन सकिने

काठमाडौं । प्राकृतिक विपत्तिका कारण गोसाईंकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित रूपमा काठमाडौं फर्कन सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । धुन्चेतर्फको नियमित पदमार्ग हाल जोखिमपूर्ण तथा विपद् प्रभावित क्षेत्रमा पर्ने भएकाले सरकारले ‘समुन्द्रटार रुट’ लाई सुरक्षित विकल्पका रूपमा प्राथमिकता दिएको हो ।