SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितलाई ६० लाखको राहत, उद्योग परिसंघ कोशीले सरकारसँग राख्यो पाँच बुँदे माग

विराटनगर : नेपाल उद्योग परिसंघ कोशी प्रदेशले रसुवाको भोटेकोशी क्षेत्रमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकका लागि करिब ६० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्य सामग्री तत्काल उपलब्ध गराउने घोषणा गरेको छ।