एनआरएनएद्वारा बाढी प्रभावितका लागि ५ करोड सहयोग घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित परिवारको उद्धार, राहत तथा अन्य सहयोगका लागि तत्काल ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको हो ।
