SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

यामाहाले नाडा अटो शोमा सार्वजनिक गर्‍यो ‘एक्सएसआर १५५’

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ‘नाडा अटो शो २०२६’ मा नयाँ मोटरसाइकल ‘एक्सएसआर १५५’ सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी अटो शोमा कम्पनीले ‘बर्न टु स्ट्याण्ड आउट’ अभियानअन्तर्गत एक्सएसआर १५५ सार्वजनिक गरेको हो ।