SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

शेयर बजारमा १ अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

काठमाडौं । लगातार पाँचौँ दिन पनि शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १ दशमलव ०४ अंकले घटेर २ हजार ५ सय ५७ दशमलव ३१ बिन्दुमा रोकिएको हो । बाढीको प्रभाव शेयर बजारमा पनि देखिएको छ । कारोबारमा निर्जीवन बीमा समूहको उपसूचक २ दशमलव ०४ प्रतिशतले घटेको छ ।