भोटेकोशी बाढीपीडितलाई गोल्छा ग्रुपले दियो डेढ करोड
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार र पुनःस्थापनाका लागि गोल्छा ग्रुपले डेढ करोड रुपैयाँ सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ जम्मा गरेको हो ।
