भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो ।
