SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

भोटेकाशी बाढी प्रभावितको राहत र उद्धारमा कुमारी बैंकको ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।