SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

अर्थ मन्त्रालयले थाल्यो एकद्वार प्रणालीमार्फत राहत संकलन

काठमाडौं । अर्थ मन्त्रालयले भोटेकोसी नदीको बाढीबाट प्रभावितका लागि राहत संकलन र समन्वय गर्न एकद्वार प्रणाली सञ्चालनमा ल्याएको छ । मन्त्रालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद तथा जिन्सी सहयोग गर्न चाहने व्यक्ति, निजी क्षेत्र, दातृ निकाय र अन्तर्राष्ट्रिय संघसंस्थालाई अर्थ मन्त्रालयमार्फत समन्वय गर्न आग्रह गरेको छ ।