चीनबाट सामान बोकेर आएका ५०० भन्दा बढी कन्टेनर बाढीमा बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण रसुवागढी नाका अनिश्चितकालका लागि बन्द भएको छ । बाढीले चीनबाट नेपालतर्फ सामान ल्याउँदै गरेका ५०० भन्दा बढी कन्टेनर बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ ।
