SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०५:१२ PM · 1 मिनेट पढाइ

नेपाली सेनाले रातभर बाढी प्रभावितहरुको उद्धार र खोजी गर्ने

काठमाडौं । नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ । बाढीबाट प्रभावितहरुको सङ्ख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा नेपाली सेनाले उद्धार तथा खोज कार्यलाई रातभर जारी राख्ने भएको हो ।