SHARE
पर्दाफास · शुक्रबार​ ३ असो २०८२ ०१:२३ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको नाममा षड्यन्त्र गरेर हिंसा भड्काए : रघुवीर महासेठ

नेकपा एमालेका सचिव रघुवीर महासेठले जेन जी आन्दोलनको नाममा देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गरेर हिंसा भड्काएको आरोप लगाएका छन् । गृहनगर जनकपुरधाममा सञ्चारकर्मीहरूसँग शुक्रवार कुरा गर्दै सचिव महासेठले यस्तो बताएका हुन् । उनले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा जेन जी युवाहरूको संलग्नता नरहेको बताए ।