SHARE
पर्दाफास · शुक्रबार​ ३ असो २०८२ ०१:३१ PM · 1 मिनेट पढाइ

कृषि मन्त्रालयद्वारा जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन

गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन गरिएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ।