चार जनाको ज्यान लिने बाघ नियन्त्रणमा
बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी चार जना ज्यान लिएको बाघलाई नियन्त्रणमा लिइएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई सामुदायिक बनको आधाभारबाट बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।
