गृह मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना
गृह मन्त्रालयले मन्त्रालयलमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ। जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न सहायता कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ।
