SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

भोटेकोसी बाढी : रसुवा र धादिङमा सातजनाको शव फेला

काठमाडौं । बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवा र धादिङका नदी किनारमा सातजनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवामा चार र धादिङमा तीनजनाको शव फेला परेको हो । फेला परेका शवको पहिचान भने हुन सकेको छैन ।