SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

रसुवाका बाढी प्रभावितको उद्धारलाई पहिलो प्राथमिकता दिन रविको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन् । लामिछानेले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई विपद्को समयमा संयमित र जिम्मेवार भएर उद्धार तथा राहतमा सहयोग गर्न आग्रह गरेका हुन् ।