SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

रसुवाको बाढी धादिङ हुँदै मुग्लिनतर्फ, नदी किनारका बस्तीलाई सतर्क रहन आग्रह

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढी अहिले धादिङको गल्छी आसपास पुगेको छ । बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने अनुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक र त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गर्न आग्रह गरेको छ।