आईटी क्षेत्रका २ दर्जनबढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि (आईटी) क्षेत्रका २ दर्जनभन्दा बढी स्टार्टअपका प्रतिनिधिसँग छलफल गर्दैछन्। अर्थ मन्त्रालयले आयोजना गरेको ‘बजेट कार्यान्वयन संवाद शृङ्खला’ अन्तर्गत हुन लागेको छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
