१ असोज २०८२, काठमाडौं मौसम अपडेट : यी स्थानहरूमा भारी वर्षाको सम्भावना
१ असोज, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ भने अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पनि परेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।
