रेसिङ अटोमोबाइल्सले थाल्यो ’दुर्घटना रहित प्रमाणपत्र’ वितरण
१ असोज, काठमाडौं। काठमाडौँको कलङ्की खसीबजारमा अवस्थित रेसिङ अटोमोबाइल्सले पुराना गाडीहरूको बिक्री गर्दा ’दुर्घटना रहित प्रमाणपत्र’ (No Accidental Certificate) वितरण गर्ने नयाँ पहल सुरू गरेको छ। यसरी रेसिङ अटोमोबाइल्सले आफ्ना ग्राहकहरूको लागि गाडीको दुर्घटना रहित प्रमाणपत्र वितरण गर्ने कार्यलाई बुधबार काठमाडौँमा एक समारोहका बीच सार्वजनिक गरेको हो।
