नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण
१ असोज, काठमाडौं। नेपाल मेडिसिटी अस्पतालले फेरि एक पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। च्यासल, ललितपुर निवासी ५२ वर्षीय शान्तमान व्यञ्जनकारले आफ्नी ५० वर्षीया श्रीमती नानु व्यञ्जनकारबाट दान गरिएको कलेजो प्रत्यारोपण गराएका हुन्। व्यञ्जनकार विगत ८ वर्षदेखि कलेजो समस्याले पीडित थिए।
