SHARE
मकालु खबर · बुधबार १ असो २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

माधव नेपालद्वारा प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अपर्ण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अध्यक्ष नेपालले आज शोक वक्तव्य जारी गरी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् । उनले सो प्रदर्शनका क्रममा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।