सुन पसललाई प्रहरीले भन्यो– ‘बिल बिनाका सामान किनबेच नगर्नुहोला’
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बिलबिजक नभएको सामानहरू खरिद नगर्न व्यवसायीहरूलाई अनुरोध गरेको छ । प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले हालैको जेनजी प्रदर्शनका क्रममा राजधानीका विभिन्न सरकारी कार्यालय, बैंक तथा व्यक्तिगत घरमा भएको आगजनी, तोडफोड र चोरी लुटपाटका घटनामा बहुमूल्य सुनचाँदीका गरगहनाहरू चोरी भएको जानकारी दिएका छन् ।
