वित्तीय समस्यामा संयुक्त राष्ट्रसंघ, सन् २०२६ का लागि बजेटमा १५ प्रतिशत कटौती प्रस्ताव
संयुक्त राष्ट्रसंघ । महासचिव एन्टोनियो गुटेरेसले सन् २०२६ मा संयुक्त राष्ट्रसंघको नियमित बजेटमा १५ प्रतिशत कटौती गर्ने प्रस्ताव गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले अझ तीव्र पारेको दीर्घकालीन तरलता समस्याका कारण यस्तो कदम चालिएको हो ।
