कोटेश्वर भाटभटेनीमा जलेको अवस्थामा एक जनाको शव फेला, मृतकको संख्या ७४ पुग्यो
काठमाडौं । राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ । प्रहरीका अनुसार शव पूरै जलेको अवस्थामा भेटिएकोले हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । यससँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि विभिन्न घटनामा ७३ जनाको मृत्यु भएको थियो ।
