हितेन्द्रलाई ऊर्जामन्त्री कुलमानको सन्देश : ‘समय र जनताको आवाज बुझेर मार्गप्रशस्त गर्नुस्’
काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मार्गप्रशस्त गर्न भन्दै सन्देश पठाएका छन् । जेनजी पुस्ताको माग र समय बुझेर मार्गप्रशस्त गर्न उर्जामन्त्री घिसिङले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई सन्देश पठाएका हुन् । जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने घिसिङको भनाइ छ ।
