रास्वपाले चाहेको शासकीय स्वरुप- ‘प्रदेश सभा चाहिँ खारेजी तर जनताद्वारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री’
काठमाडौं । गत निर्वाचनमा वैकल्पिक राजनीतिको नाममा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जेनजी आन्दोलनपछि रक्षात्मक बन्ने अवस्थामा पुगेको छ । पुराना दल र नेताहरुमाथि निरन्तर प्रश्न गरिरहेको रास्वपाकै नेता र निर्णयमाथि नै प्रश्न उठ्न थालेको छ । जेनजी आन्दोलनको बलमा पार्टी सभापति रवि लामिछानेलाई जेलबाट छुटाएर खुसीयाली मनाएपछि रास्वपाभित्र विग्रहको संकेत समेत देखिएको छ ।
