मनसुन अझै सक्रिय, विभिन्न स्थानमा भारी वर्षा र बाढीको सम्भावना
काठमाडौं । औसत रूपमा अबको १५ दिनमै मनसुन बहिर्गमन हुने समय भए पनि अहिले भने सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहनुका कारण मनसुन सक्रिय भएको जनाएको छ ।
