SHARE
लोक पथ · बुधबार १ असो २०८२ १०:५२ AM · 1 मिनेट पढाइ

खण्डहर बनेको संसद् भवन र सर्वोच्च अदालत अवलोकनमा पुगे तीन मन्त्री

काठमाडौं । तीन मन्त्रीहरूले  जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद् भवनको संयुक्त निरीक्षण गरेका छन् । आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संयुक्त निरीक्षण गरेका हुन् । संसद् भवनको अवलोकनपछि उनीहरू सर्वोच्च अदालततर्फ प्रस्थान गर्ने तयारीमा छन् ।