SHARE
लोक पथ · बुधबार १ असो २०८२ ११:०० AM · 1 मिनेट पढाइ

आफूमाथि आक्रमणको प्रयास गरिएको सुदन गुरुङको दाबी

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूमाथि आक्रमणको प्रयास भइरहेको दाबी गरेका छन् । गुरुङले आफूमाथि आक्रमण गर्ने प्रयासस्वरुप ‘फलो’ गरिएको दाबी गरेका हुन् । उनले आफू गाडी भित्र रहेको अवस्थामा मोटरसाइकलले निरन्तर फलो गरेको भन्दै आफूमाथि आक्रमणको प्रयास गर्न खोजिएको बताएका हुन् ।