SHARE
लोक पथ · बुधबार १ असो २०८२ ११:४५ AM · 1 मिनेट पढाइ

संसद् भवनको निरीक्षणपछि कुलमान भन्छन्– ‘क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छ’

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई तथा भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको विवरण चाँडै सार्वजनिक गरिने बताएका छन् । बुधबार अपराह्न, संसद् भवनमा आगजनीले क्षतिग्रस्त संरचनाको अवलोकनका क्रममा मन्त्री घिसिङले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भने, ‘पुनर्निर्माणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिनेछ ।