डा. सीके राउतलाई अध्यक्ष पद छाड्न दबाब, २४ घण्टाको अल्टिमेटम
काठमाडौं । जनमत पार्टीबाट अध्यक्ष डा. सीके राउतलाई पद छाड्न दबाब बढेको छ । पार्टीका केही पदाधिकारी तहका नेताहरुले राउतलाई वर्तमान परिस्थितिलाई मूल्यांकन गर्दै २४ घण्टाभित्र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाब दिएका हुन् । विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तनको आवाज उठेको भन्दै राउतलाई नेतृत्व छाड्न २४ घण्टाको अल्टिमेटम दिइएको हो ।
