सप्तकोशी नदीमा जलसतह बढ्दै : कोशी ब्यारेजका २७ ढोका खोलियो
धरान । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले आज बिहान ११ बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ७ हजार ३० क्युसेक पुगेको जानकारी दिएका छन् ।
