फरार कैदीहरु फर्किनेक्रम जारी : म्याग्दीमा ६२ र रसुवामा ९१ कैदी फर्किए
काठमाडौं । जेनजी आन्दोलन उग्र बनेपछि त्यही मौका छोपेर कारागार छाडेर भाग्ने कैदीहरु फर्किनेक्रम जारी छ । भदौ २४ गते जेनजी आन्दोलन उग्र बनेपछि देशभरका जेल छाडेर झण्डै १४ हजार कैदी भागेका थिए । यसैक्रममा म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ ।
